
धनगढीः कैलालीमा भारतबाट भन्सार छली गरि ल्याएका अबैध सामान बरामद गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका-२ ब्यारेल नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४० हजार १ सय ३० रुपैयाँ मूल्य बराबरका अबैध सामान बरामद गरिएको हो ।

प्रहरीका अनुसार अन्दाजी ४० हजार १ सय ३० रुपैयाँ मूल्य बराबरका चिनी, प्याज, मिठाई, ललिपप, नरिवल, बदाम लगायतका सामान बरामद गरिएको छ ।

यस्तै धनगढी-३ मित्रनगरबाट अन्दाजी ३६ हजार १ सय ५० रुपैयाँ मूल्य बराबरको चिनी, नरिवल, मिठाई, सुर्ती, मसला, धनियाँ लगायतका सामान बरामद गरिएको छ । प्रहरी गस्ती टोलीले उक्त सामान हिजो (बुधवार) बेवारिसे अबस्थामा फेलापारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
