
कञ्चनपुरः कञ्चनपुरमा होटल संचालिकासहित तिन जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–६ स्थित गुगल रेस्टुरेन्टबाट भारतिय नागरिक र नेपाली युवती मङ्गलवार साँझ पक्राउ परेका हुन् ।

उनीहरुलाइ प्रहरीले अनैतिक अवस्थामा देखेओपछी संचालिकासहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले सोही ठाउँ बस्ने रेस्टुरेन्ट संचालिका, धरान उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय युवती र भारतको पुरनपुर बस्ने रथिक अन्सारीलाई पक्राउ गरेको हो ।

अनैतिक अवस्थामा दुई जनालाई फेला पारेपछि संचालिकासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले बताएको छ ।
