
धनगढीः कैलालीको गोदावरी नगरपालिकामा तनाव सिर्जना भएको छ । नगरपालिकाको प्रशासनिक भवन दोस्रो पटक उद्घाटन गर्ने तयारी भएपछि त्यहाँ तनाव सिर्जना भएको हो ।

एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा प्रशासनिक भवनको उद्घाटन गरेका थिए । सोही भवनको कांग्रेसबाट निर्वाचित अहिलेका मेयर बिरेन्द्र भट्टले बिहीवार उद्घाटन कार्यक्रम राखेपछि तनाव सिर्जना भएको हो ।

प्रशासनीक भवन पुनः उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएको नेकपा एमालेले नगरपालिका घेराउ गरेको छ । एमालेले कुनै पनि हालतमा प्रशासनिक भवनको उद्घाटन गर्न नदिने अडान लिएको छ । नेकपा एमाले निकट नेता, कार्यकर्ताले नगरपालिका घेराउ गरेका छन् भने नगर प्रमुखसहितका जनप्रतिनिधि भवन उद्घाटन कार्यक्रमका लागि नगरपालिका जाने तयारीमा छन् । त्यहाँ लफडा हुनसक्ने भएपछि सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।
