Skin_Hospital_Dhn

तिब्बतको ताक्लाकोटमा अस्ताए डोटीका वीरबहादुर

धनगढीः हुम्ला नजिकै चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ।

डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो।

हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हेलिकोप्टरमार्फत् हिल्सा ल्याइएको उनका आफन्त कुमार भण्डारीले जानकारी दिए। उनका अनुसार हुम्लाबाट नेपालगञ्ज हुँदै थापाको शव डोटी पुर्‍याइनेछ।

सम्बन्धित
Loading...