Skin_Hospital_Dhn

गोदावरी नगरपालिकाको प्रशासकीय भवन दोस्रोपटक उद्घाटन

धनगढीः कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन दोस्रोपटक उद्घाटन गरिएको छ। नेकपा (एमाले) को विरोधकाबीच नगरप्रमुख वीरेन्द्र भट्टले बिहीबार भवन दोस्रोपटक उद्घाटन गरेका हुन्।

एमालेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले सो भवनको २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए। दोस्रोपटक भवनको उद्घाटन गर्न नहुने भन्दै एमालेले बिहानैदेखि नगरपालिका घेराउ गर्दै नाराबाजी गरिरहेको छ।

कांग्रेसबाट जितेका नगरप्रमुख भट्टले उद्घाटन गरेपछि तनाव सिर्जना भएको हो। एमालेको विरोधका बाबजुद भवन उद्घाटनको पुरानो शिलालेख हटाई नयाँ शिलालेख पनि राखिएको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारको क्षेत्रीय शहरी विकास आयोजनामार्फत भवन निर्माण भएको थियो।

सम्बन्धित
Loading...