सुदूरपश्चिम महोत्सवको तयारी तीव्र गतिमा,सडक चौडा पार्ने क्रममा थला परेका व्यवसायी ५० प्रतिशत छुट दिईने
महोत्सव तयारीको ५० प्रतिशत काम सम्पन्न
यही मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने सुदूरपश्चिम महोत्सवको तयारी तीव्र गतिमा अगाडी बढेको छ । महोत्सव तयारीको ५० प्रतिशत काम सम्पन्न भएको आयोजकले जनाएको हो।
शुक्रवार कैलाली उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो बारेमा जानकारी गराइएको थियो।
१६ औँ संस्करणको महोत्सवको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवा मार्फत उद्घाटनका लागि उद्योग वाणिज्य संघका अध्यक्ष लगायत पदाधिकारी काठमाडौँमा गएको कार्यकारी निर्देशक गोमा अधिकारी बताइन्।
उनले सुदूरपश्चिम महोत्सव सञ्चालन देखी सम्पन्न अवधिसम्म शान्ति सुरक्षाका लागी जिल्ला प्रशासन र जिल्लाका प्रहरी कार्यालयहरूमा पत्राचार गरिएको बताइन् । स्थानीय निकाय र निजी सङ्घ संस्था मार्फत एम्बुलेन्सको समेत तयारी गरेको बताइन्।
सर्वसाधारणका लागी १०० रुपैयाँ टिकट र विद्यार्थीलाई आइडी कार्ड मार्फत ५० प्रतिशत छुट दिइने छ। यस्तै स्थानीय उत्पादन, कृर्षि प्रदर्शनीलाई प्राथमिकता दिइने छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन हुने यस्तै कैलाली उद्योग वाणिज्य सङ्घका महासचिव ओम विष्टले जानकारी दिए।
सुदूरपश्चिम महोत्सव २०६३ साल देखि सञ्चालन हुँदै आएको छ। यस वर्षको महोत्सव आउन अब १३ दिन बाँकी रहेको बताउँदै महासचिव विष्टले तयारी तीव्र पारिएको बताए। यति बेला विभिन्न समस्या र धनगढी बजार बिस्तार एवं सडक चौडा पार्ने क्रममा व्यवसायी थला परेको जानकारी दिए। सो समस्या परेका व्यवसायीलाई कैलाली उद्योग वाणिज्य सङ्घले महोत्सव स्टलमा छुट दिने व्यवस्था गरिएको बताए। कैलाली उद्योग वाणिज्य सङ्घमा दर्ता भएकालाई ५० प्रतिशत र दर्ता नभएकालाई १० प्रतिशत छुट दिइने जानकारी दिए।
लागत अनुमान दुई करोड हुने महोत्सवमा १० करोड बराबरको कारोबार हुने आङ्कलन गरिएको उनले बताए। उनका अनुसार महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोवाइल्स, गार्मेन्ट, इलेकट्रोनिक, होटेल र सूचना प्रविधि गरि ५०० जति सङ्ख्याको स्टलहरू रहने छन्। स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने महोत्सवलाई करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ।