Skin_Hospital_Dhn

धनगढी उपमहानगरमा राष्ट्रपति रनिङ शिल्ड सुरु

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। उपमहानगरपालिकाको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’ भन्ने नारासहित रनिङ शिल्ड बिहीबारदेखि सुरु भएको हो।

धनगढी रंगशालामा प्रतियोगिताको नगर उपप्रमुख कन्दकला कुमारी रानालो एक कार्यक्रमका बीच उद्घाटन गरिन्। माघ ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धनगढी उपमहानगरभित्रका २५ सामुदायिक र १२ संस्थागत गरी कूल ३७ वटा विद्यालयको सहभागीता रहेको छ।

प्रतियोगितामा विभिन्न खेलमा गरी सामुदायिक विद्यालयका एक हजार २३७ र संस्थागत विद्यालयका २ सय ५५ गरी कूल एक हजार ४९२ जना खेलाडी सहभागी छन्।

प्रतियोगितामा छात्र–छात्रा भलिबल, कबड्डी, दौड, हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याबलिङ थ्रो, सटपट, मार्सल आर्ट, तेक्वान्दो, उसुलगायत खेल खेलाइने आयोजकले जनाइएको छ।

रनिङ शिल्डका लागि उपमहानगरपालिकाबाट आन्तरिकतर्फ ८ लाख र संघीय सशर्त अनुदानतर्फ एक लाख गरी नौ लाख बजेट बिनियोजित गरिएको छ। नगरस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ।

सम्बन्धित
Loading...