Skin_Hospital_Dhn

‘मलाई उपसभामुखको रूपमा नदेखेपनि भोलि कुनै राम्रै पदमा देख्नुहुन्छ’ : सोबिता गौतम

काठमाडौं ।
हिजो (बिहीबार)सम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतम प्रतिनिधि सभाको उपसभामुख बन्ने चर्चा थियो । तर, आज (शुक्रबार) भने पार्टीले इन्दिरा रानामगरलाई उपसभामुख बनाउने निर्णय गर्‍यो ।

प्रस्तावक भने सोबिता नै छिन् । तपाईंको पनि आकांक्षा थियो नि ? भन्ने पत्रकारहरूको प्रश्नमा उनले भनेकी छन्, ‘कानूनसँग जान—चिनजान भएकाले मैले दाबी गर्नू ठूलो कुरा भएन । संसदीय अभ्यासमा छिरिसकेपछि आंकाक्षा राख्नू पनि नौलो कुरा होइन । त्यसलाई तपाईंहरूले फरक अर्थमा नबुझ्नुहोला ।’

उनले त्यसअघि भने, ‘मलाई उपसभामुखको रूपमा नदेखेपनि भोलि कुनै राम्रै पदमा देख्नुहुन्छ ।’
उनले संसदीय दलका उपनेता, प्रमुख सचेतक, सचेतकलगायतका पद अझै खाली नै रहेको उल्लेख गर्दै दोहोर्‍याइन्, ‘मलाई राम्रै पदमा देख्न पाउनुहुन्छ, उपसभामुख नहुँदैमा ला ! भएन भनेर नसोच्नुहोला ।’

उनले उपसभामुख रानामगर आफ्नो जिम्मेवारीमा कहीँ कतै नचुक्ने विश्वास पनि व्यक्त गरेकि छिन् ।

सम्बन्धित
Loading...