फरक—फरक ठाउँबाट अवैध लागूऔषधसहित तिन जना पक्राउ
काठमाडौं ।
नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । झापाबाट काठमाडौं आउँदै गरेको ना.६ ख ३२६८ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार इलाम सूर्योदय नगरपालिका—१० घर भएका १९ वर्षीय सुबेक प्रधानलाई उक्त पदार्थसहित शुक्रबार बिहान फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दाङ, राप्ती गाउँपालिका—१ पुल्चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३७ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय विशाल थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, बरहथवा नगरपालिका—७ स्थितबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २७ ट्याब्लेट सहित सोही नगरपालिका(८ बस्ने २३ वर्षीय राम उजैन पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।