Skin_Hospital_Dhn

दार्चुलामा बस दुर्घटना हुदा चालकसहित १४ जना घाईते

दार्चुलाः दार्चुलामा बस दुर्घटना हुदा चालकसहित १४ जना घाईते भएका छन् । दार्चुलाबाट महेन्द्रनगरतर्फ आईरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०३१ नम्बर को बस महाकाली नगरपालिका-५ खिमटडीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटना परी चालकसहित १४ जना घाईते भएका हुन् । घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाईतेहरुको विवरण तथा दुर्घटनाको कारण अहिले सम्म नखुलेको प्रहरीले जानाएको छ ।

सम्बन्धित
Loading...