Skin_Hospital_Dhn

सम्झौता अवधि भन्दा १५ महिना अघि नै निर्माण सम्पन्न गर्ने अनक कन्स्ट्रक्सन सम्मानित

धनगढीः सेती लोक मार्ग अन्तर्गत पर्ने काँडा खोलामा ८५ मिटर लामो पुल निर्माण कम्पनीले सम्झौता अवधि भन्दा १५ महिना अघि नै निर्माण सम्पन्न गरेको छ । उत्कृष्ट काम गरेको भन्दै गाउँ सरकारले उद्घाटन कार्यक्रम मार्फत अनक कन्स्ट्रक्सन काठमाण्डौलाइ सम्मान समेत गरेको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिकामा पर्ने सो पुलको उद्घाटन गरिएको छ । निर्माण सम्पन्न भएको पक्की पुलको हिजो (बिहीवार) गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरेका हुन् ।

१२ करोड ४० लाख लागतको पुल २०८१ चैत्र १३ गते सम्पन्न गर्ने गरी २०७९ साल असार २९ गते अनक कन्स्ट्रक्सन काठमाण्डौले सम्झौता गरेको थियो । यो पुल निर्माण भए सँगै बर्दगोरिया र मोहन्याल गाउँपालिका सँगै पहाडी जिल्लाका बासिन्दाहरूलाई समेत आवागमनमा सहज हुने भएको छ ।

सेती लोक मार्गको बर्दगोरिया क्षेत्रमा पर्ने काँडा खोलामा पुल निर्माण सम्पन्न भएको छ भने कुहिरा खोलामा पुल निर्माणको काम सुरु भएको छ । यस्तै सिसौरा खोलामा पुल निर्माणका लागी टेन्डर प्रक्रिया अघि बढेको बताइएको छ ।

सम्बन्धित
Loading...