Skin_Hospital_Dhn

छिमेकीको घरमा नाच्न गएका बेला खुकुरी प्रहार, दुई जना घाइते

धनगढी ।
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा दुइजनामाथी खुकुरी प्रहार भएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका १ को भुरुवामा दुई युवकमाथी खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट उनिहरु घाइते भएका छन् ।

घाइते हुनेमा जगत टमटा र राजेश टमट्टा रहेका छन् । सोमबार राति छिमेकीको घरमा नाच्न गएका बेला आपसी विवादका क्रममा उनीहरुबीच झकडा भएको थियो ।

विवादका कारण चार जना स्थानीय युवाले दुवै जनामाथि धारिलो हतियार प्रहार गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । उनीहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

हतियार प्रहारमा संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । हतियार प्रहारमा संलग्न चारैजनाको परिचय भने गोप्य राखिएको छ ।

सम्बन्धित
Loading...