Skin_Hospital_Dhn

कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका-१० दिपाघाँटबाट प्रकाश महरासहित दुई जना र भीमदत्त नगरपालिका-४ सब्जिमण्डीबाट अनुराग तोकेसहित दुई जना गरि चार जना पक्राउ परेका हुन् ।

दिपाघाँटबाट लालझाडी गाउँपालिका-५ बस्ने २१ वर्षीय प्रकाश महरासहित दुई जनालाइ १ ग्राम ८८० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित प्रहरीले बिहीवार साँझ पक्राउ गरेको हो । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका उनीहरुलाई चेकजाँच गर्दा लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै, भीमदत्त नगरपालिका-४ सब्जिमण्डीबाट सोहि ठाउँ बस्ने १९ वर्षीय अनुराग तोकेसहित दुई जनालाइ ०.१० ग्राम लागूऔषधसहित प्रहरीले बिहिवार साँझ पक्राउ गरेको हो । प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित
Loading...