Skin_Hospital_Dhn

हुन्डी र सुन कारोबारको आरोपमा एक कपडा व्यापारी दुई करोड नगदसहित पक्राउ

काठमाडौंः हुन्डी र सुन कारोबारको आरोपमा एक कपडा व्यापारी दुई करोड नगदसहित पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले नरेश अग्रवालको क्षेत्रपाटीस्थित निवासमा हिजो (बिहीबार) राति छापा मारेर उनलाई दुई करोड नगदसहित पक्राउ गरेको हो ।

अग्रवाल अवैध धन्दामा लागेको शंकामा लामो समयदेखि विभागले निगरानी गरिरहेको थियो । विभागका अनुसार उनको साथबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको छ ।

अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागले जनाएको छ । उनलाई राजस्वको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित
Loading...