
बाजुराः बाजुराबाट दुई गर्भवतीको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ। शुक्रबार बुढीनन्दा नगरपालिका–१ जमसालकी २९ वर्षीया सम्झना खत्री र पिपलडालीकी २५ वर्षीया सरस्वती विष्टको नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको हो।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमा दुबै महिलालाई सुर्खेत पठाइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। उनीहरूको अवस्था गम्भीर रहेको र अप्रेसन गर्नुपर्ने देखिएको स्वास्थ्य संयोजक ओमजंग शाहीले बताए।

जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट सिलिण्डरमा भर्ने यन्त्र बिग्रेको, यन्त्र बनाउने मान्छे बाटोमा रहेको र शनिबार साझँसम्म बनाई सकिने अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए।
