Skin_Hospital_Dhn

तेक्वान्दो संस्थापक गुरुङको तस्वीर सुदूरपश्चिमका सबै डोजाङमा राखिने

धनगढीः सुदूरपश्चिम तेक्वान्दो संघको बैठकले आफ्ना नेपाल तेक्वान्दो संघका संस्थापक दीपराज गुरुङको तस्वीर सम्मान स्वरुप आफूअन्तर्गतका सम्पूर्ण डोजाङहरूमा राख्ने निर्णय गरेको छ।

संघको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो। नेपाली तेक्वान्दोको विकासमा संघका केन्द्रीय महासचिव दीपराज गुरुङको भूमिकालाई सम्मान गर्दै उक्त निर्णय गरिएको हो।

बैठकले धनगढीमा आउँदो चैत्र १ देखि ३ गतेसम्म राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्ने निर्णयसमेत गरेको छ। च्याम्पियनसिपमा ७ प्रदेशका टोलीले सहभागिता जनाउने संघका महासचिव पदकविक्रम सिंहले जानकारी दिए। प्रतियोगिताको संयोजक सरोज चौधरी र उपसंयोजकमा हेम बस्नेत चुनिएका छन्।

सम्बन्धित
Loading...