Skin_Hospital_Dhn

छ लाख स्मार्ट लाइसेन्स नेपाल आइपुग्यो

काठमाडौंः छ लाख चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नेपाल आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार बाँकी ६ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरूले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो।​​ सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा छ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उनले जानकारी दिए।

प्रवक्ता पनेरूका अनुसार ती कार्डलाई ‘क्लियर’ गर्न नेपाल राष्ट्र बैंकले ‘डेलिभरी अर्डर’ दिनुपर्ने हुन्छ । ‘बैंकको सबै प्रक्रिया पुर्‍याएपछि आएको कार्डको ल्याब टेस्ट गराइन्छ ।’ उनले भने, ‘हामीले सम्झौता गर्दा खोजेको गुणस्तर छ कि छैन भनेर जाँच्न नेपाल आइपुगेको कार्डको ल्याब टेष्ट गर्छौं र त्यसको रिपोर्ट आइसकेपछि मात्र वितरण प्रक्रिया शुरू गर्छौं।’

विभागले कार्ड पाउने बित्तिकै नियमित छपाइको शुरू हुने निर्देशक पनेरूले प्रतिबद्धता जनाए। उनले बाँकी रहेको छ लाख कार्ड पनि ४५ दिनभित्रमा सम्झौता भएको कम्पनीबाट आइपुग्ने जानकारी दिए।

सम्बन्धित
Loading...