Skin_Hospital_Dhn

कैलाली प्रशासनद्धारा बिना मापदण्डका क्रसर व्यवस्थित गर्न आयोजना कार्यालयलाई निर्देशन

धनगढी ।
बिना मापदण्ड तथा नविकरण नगरि जथाभाबी क्रसर सञ्चालन रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले आयोजना कार्यालयलाई विवरण पेस गर्न निर्देशन दिएको छ।

आयोजनाका नाममा जथाभाबी चलेका क्रसरलाई व्यवस्थित गर्न गराउन कार्यालयहरूलाई सो निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जिल्लामा आयोजनाका नाममा जथाभाबी क्रसर सञ्चालन भएको पाइएकोले नियन्त्रण गर्न जरुरी रहेको हुँदा कार्यालयले सोमबार भित्र विवरण पेस गर्न निर्देशन दिइएको बताए ।
आयोजना कहिले सञ्चालन भएको ? सम्पन्न हुने मिति, के कति नदीजन्य पर्दाथ (ढुङ्गा, बालुवा, गिट्टी) आवश्यक हो ? कति मौज्दात रहेको छ भनेर विस्तृत विवरण माग गरिएको उनले जानकारी दिए।

प्रशासनले जिल्लामा अवैध रूपमा सञ्चालनमा रहेका ४ क्रसर कम्पनीलाई बन्द गर्न निर्देशन दिई सकेको उनले जानकारी दिए । आयोजनाका नाममा जथाभाबी सञ्चालनमा रहेका क्रसरलाई नियन्त्रण गर्न विवरण माग गरिएको उनको भनाई छ । उनले भने क्रसरलाई बन्द गराइँदा विकास निर्माणमा अप्ठ्यारो हुन्छ । ठप्पै बन्द गर्न त भन्न सकिँदैन तर, कानुन सम्मत ढङ्गले आयोजनाका नाममा रहेका क्रसर जानुपर्ने उनको भनाई छ। शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीकाृे अध्यक्षतामा आयोजना कार्यालयका पदाधिकारी तथा कन्स्ट्रक्सन सञ्चालक लगायतसँग छलफल गरेका थिए ।

सम्बन्धित
Loading...