Skin_Hospital_Dhn

कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित ५ जुवाडे पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित ५ जुवाडे पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-४ नम्बर १ गल्ली स्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेको अबस्थामा ५ जुवाडे पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार ओम नास्ता पसलमा बेदकोट नगरपालिका-९ बस्ने ३० वर्षीय गोपालबहादुर भण्डारीसहित पाँच जना हिजो (शुक्रवार) साँझ पक्राउ परेका हुन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पसलमा चेकजाँच गर्दा उनिहरुलाई नगद ४४ हजार ९४ र १ गड्डी ताससहित पक्राउ गरेको बताएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित
Loading...