
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलडाँडी गाउँपालिका(१ झरना सागर टोलबाट भारतीय नागरिक समेत दुई जना पक्राउ परेका हुन् ।

जिल्ला पिलिभित टाटरगञ्ज भारत बस्ने २८ वर्षीय ईरफान अलिसमेत दुई जनालाई ३.२० ग्राम लागूऔषध (खैरो हेरोईन)सहित हिजो (शुक्रवार) साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ । उनीहरुले प्रयोग गरेको भारतिय नम्बर प्लेटको १ थान मोटरसाईकलसहित दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
