
काठमाडौंः परराष्ट्रमन्त्री एनपी साउदले रुसी विदेशमन्त्रीसँग सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काइदिन आग्रह गरेका छन् ।

युगान्डाको राजधानी कम्पालामा जारी असंलग्न राष्ट्रहरूको ‘नाम’ शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उनले सो अनुरोध गरेका हुन् ।

साउदले नेपाली नागरिकहरूलाई सेनामा भर्ना नलिन समेत अनुरोध गरेका छन् । उनले नेपाली नागरिकलाई सेनामा भर्ना नलिन र भर्ना भएकालाई फिर्ता गरिदिन भनेका हुन् ।
परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति दिन पनि आग्रह गरेका छन् ।
