Skin_Hospital_Dhn

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली फेला

धनगढीः अत्तरियामा जारी आठौं संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्रीवितरण भएको पाइएको छ। जारी प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्री भएको पाइएको हो।

महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघले २८ वटा टिकटका ठेली नक्कली रहेको भन्दै नियन्त्रणमा लिएको छ। शनिबार महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरी नियन्त्रणमा लिइएका २८ वटा ठेली नक्कली भएको दाबी गरेको हो।

संघका महासचिव शंकर खड्काले टिकट काउन्टरमा छड्के अनुगमन गर्दा नक्कली टिकट काटेको फेला परेको बताए। उनले आफूसहित संघका केही अन्य प्रतिनिधिहरूले उक्त मात्रामा नक्कली टिकट ठेली बरामद गरेको बताए। सुदूरपश्चिम प्रादेशिक महोत्सवमा एक लाख ४० हजारको नक्कली टिकट बिक्रीका लागि ठेली छपान भएको पाइएको हो।

आयोजकले महोत्सवमा टिकट काट्ने जिम्मा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लाई दिइएको थियो। दुर्गालक्ष्मकी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराले प्रति टिकटमा २ रुपैयाँ स्ववियुले पाउने सम्झौताका साथ काम गरेको बताए।

अत्तरिया उद्योग वाणिज्य संघले नक्कली टिकटको विषयमा छानबिन जारी रहेको बताएको छ। महोत्सव सकिएपछि दोषीलाई चाँडै बाहिर ल्याएर कारबाही गरिने संघका महासचिव खड्काले बताए।

सम्बन्धित
Loading...