Skin_Hospital_Dhn

धनगढी उपमहानगरले सेवानिवृत्त हुन लागेका हाकिम श्रेष्ठलाई गर्‍यो सम्मान

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (हाकिम) रामलाल श्रेष्ठ सेवानिवृत्त हुँदैछन्। श्रेष्ठले माघ ७ गते अर्थात् आइतबार अनिवार्य अवकाश पाउन लागेका हुन्।

उपमहानगरपालिकाले सेवानिवृत्त हुन लागेका श्रेष्ठलाई बिदाइ तथा सम्मान गरेको छ। शनिबार एक समारोहकाबीच उपमहानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई बिदाइ तथा सम्मान गरेको हो।

काठमाडौं स्थायी बसोबास भएका श्रेष्ठ सुरुमा २०७० सालमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा धनगढी आएका थिए। पहिलोपटक तीन वर्ष ४ दिन बसेका श्रेष्ठको कार्यकालमा धनगढी नगरपालिका उपमहानगरपालिका घोषणा भएको थियो।

दोस्रोपटक २०७८ मा प्रमुख प्रशासकीय अधिकृतको रूपमा धनगढी आएका श्रेष्ठले तत्कालीन नगर प्रमुख नृपबहादुर वडसँग करिब ६ महिना र हालका नगर प्रमुख गोपाल हमालसँग २० महिना गरी दुई वर्ष १ महिना ८ दिन धनगढीको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरे। श्रेष्ठले धनगढीको प्रमुख प्रशासकीय अधिकृत भएर आफ्नो जागिरे जीवनको ५ वर्ष १ महिना १२ दिन बिताएको बताए।

शनिबार उपमहानगरले आयोजना गरेको बिदाइ तथा सम्मान कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकलाकुमारी राना, वडा अध्यक्ष, सदस्य र कर्मचारीहरूको उपस्थितिमा बिदाइ गरिएको हो। श्रेष्ठले धनगढी बसाइँका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

२०३८ सालमा राष्ट्र बैँकबाट सरकारी सेवा प्रवेश गरेका श्रेष्ठ २०४७ सालमा निजामती सेवामा आएका थिए। उनले ३८ वर्ष सरकारी सेवामा रहेर काम गरेको बताए।

सम्बन्धित
Loading...