Skin_Hospital_Dhn

मोटरसाइकलले अटोलाई ठक्कर दिँदा कैलालीमा पाँचजना घाइते

धनगढीः कैलालीमा मोटरसाइकलले अटो रिक्सालाई ठक्कर दिँदा पाँचजना घाइते भएका छन्। घोडाघोडी नगरपालिका–४ भालुफाँटामा शुक्रबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको अटो रिक्सालाई पछाडिबाट मोटरसाइकलले ठक्कर दिँदा पाँचजना घाइते भएका हुन्।

घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–१ का कृष्ण गिरीले चलाएको से ४ प ९४१० नम्बरको मोटरसाइकलले सोही नगरपालिका–५ का विमला ऐरले चलाएको सुदरपश्चिम प्रदेश ०१००१ ह ५६६९ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिएको हो।

सम्बन्धित
Loading...