Skin_Hospital_Dhn

दीपेन्द्र स्वार स्मृति कपमा आज भएको खेलमा वात्साल्या र लिटिल फ्लवार विजयी

धनगढी ।
जारी दीपेन्द्र स्वार स्मृति (डीसीए) कप विद्यालय स्तरीय क्रिकेट प्रगतियोगितामा आज भएको खेलमा कञ्चनपुरको वात्साल्या विद्या निकेतन र लिटिल फ्लवार इङ्लिस विजयी भएका छन्।

धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार बिहान भएको खेलमा बाल्साल्याले कैलाली विद्या निकेतनलाई ६ विकेटले हराएको छ। टस जितेर पहिले ब्याटिङ गरेको कैलाली विद्या निकेतनले ५८ रन बनाएको थियो । कैलाली विद्या निकेतनका मुकेश शाहले १९, महेन्द्र विष्टले ८, निशान उपाध्यायले ९ रन जोडे । बात्साल्याका विक्रम चन्दले ४ तथा निरज सिंह कार्कीले ३ विकेट लिए । भने जवाफी ब्याटिङमा बात्साल्यले ६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटायो। बात्साल्यका विक्रम चन्दले २६ र रोहन दियालले ७ रनको पारी खेले । अतिरिक्त मार्फत बात्साल्याले २० रन पायो । कैलालीका मुकेश साहले ३ किवेट लिए ।

दिउँसो भएको खेलमा लिटिल फ्लवार इङ्लिस स्कुलले त्रिनगर सेकेन्डरीलाई १० विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको त्रिनगरले ११ दशमलव ६ ओभरमा सबै विकेट गुमाएर ४७ रन बनाएको थियो। त्रिनगरका प्रेम कुन्जेडाले १६ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन।

लिटिल फ्ल्वारका रोशन रावल र सुवोध तिवारीले समान ३/३ विकेट लिए । त्यसबाहेक सचिन भट्ट र आशिष साहुले २/२ विकेट हात पारे।

जवाफी ब्याटिङमा लिटिल फ्ल्वारले ३ दशमलव २ ओभरमा विना कुनै विकेटको क्षतिमा लक्ष्य भेटायो । लिटिल फ्ल्वारका आरिष बोहराले ३० तथा यशकुमार कठायतले ८ रन जोडे। खेलको म्यान अफ द म्याच लिटिल फ्ल्वारका रोशन रावल भए।

माघ १६ गतेसम्म सञ्चालन हुने क्रिकेट प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पुरस्कार पाउनेछ। प्लेयर अफ द टुर्नामेन्टले पाँच हजार नगदसहित डीसीएमा क्रिकेट सिक्न ४ महिनाको छात्रवृत्ति पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले बताएका छन्। वेस्ट बलर र बेस्ट ब्याटरले ३/३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउने उनदे बताए।

डीसीएका पूर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो। उनको स्मृतिमा परिवारले हरेक वर्ष क्रिकेट प्रतियोगिता हुँदै आएको छ ।

सम्बन्धित
Loading...