
धनगढीः कैलालीको अत्तरियामा जारी ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’मा दर्शकको ओइरो लागेको छ।
शनिबार एकैदिन ९ लाख ६१ हजार बराबरको टिकट बिक्री भएको आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कोषाध्यक्ष हेमराज भण्डारीले जानकारी दिए।


शनिबार १३ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको संघले अनुमान गरेको छ। महोत्सवमा गायक चक्र बम, लालबहादुर धामी अछामी बड्डोलगायतका कलाकारहरूले आफ्नो प्रस्तुति राखेका थिए।
गायक तथा मोडल बमले आफ्ना आधा दर्जन गीत गाउँदै महोत्सव हेर्न पुगेका दर्शकलाई नचाएका थिए। अछामी बड्डोले दर्शकलाई डेउडा खेलाएका थिए।
महोत्सवमा शुक्रबार र शनिबार आयोजक संस्थाले आफैं टिकट बिक्री गरेको थियो। महोत्सवमा केही दिन यता नक्कली टिकट भेटिएपछि टिकट काटने जिम्मा दिएको संस्थालाई नदिएर संघ कार्यसमितिका सदस्यहरूले टिकट काटेका हुन्। महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुनेछ।
