
काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।


पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका केही पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, राति बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्नुका साथै चिसो बढ्ने भएकाले यसबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
