

धनगढीः कैलालीको धनगढीमा एक घरमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ ‘ए’ गाउँका ३५ वर्षीय त्रिलोक सिंहको घरमा आगलागी भएको हो । उक्त आगलागीमा दश लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार सिंहको काठले बनेको तीन कोठे घरमा आगो लागेर अन्नपात, भाँडावर्तन, लता कपडा लगाएतका सामान जलेका हुन् । मानवीय तथा चौपायाको क्षति भने भएको छैन । प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको बताइएको छ ।
