Skin_Hospital_Dhn

लम्कीका भूपेन्द्र बडुवालको हत्या प्रकरणका फरार दुई जना पक्राउ

धनगढीः कैलालीको लम्कीका भूपेन्द्र बडुवालको हत्या प्रकरणका फरार दुई जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार लम्कीका बडुवालको हत्या गरेको अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएका थप दुई जना आइतवार बिहान पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्लाको लम्की चुहा नगरपालिका-१ थकालीपुरका २६ वर्षीय रोशनबहादुर शाही र लम्की चुहा-३ चिसापानीका २३ वर्षीय अनुज भनिने चिरञ्जिवी शाही आइतवार पक्राउ परेका छन । उनीहरूलाईसमेत लम्कीका २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा सङ्लन्न रहेको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको थियो । बडुवालको २०७८ कात्तिक २३ गते हत्या भएको थियो ।

उनको हत्याको आरोमा १२ जनाको विरुद्धमा इलाका प्रहरी कार्यालय, टीकापुरमा किटानी जाहेरी दर्ता भएको थियो ।

सम्बन्धित
Loading...