Skin_Hospital_Dhn

रक्सीले मातेका एक जनाले रड प्रहार गरी श्रीमतीको हत्या गरे

दाङः दाङमा रक्सीले मातेका एक जनाले रड प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको तुलसीपुर उपमहागनरपालिका-४, तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले हिजो (शनिबार) राति ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पेण्डुवालाई राति नै नियन्त्रणमा लिइएको छ । सहयोगका लागि पुगेका छिमेकी एक महिला र पुरूषलाई पनि उनले रड प्रहार गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बताए ।

सम्बन्धित
Loading...