
काठमाडौंः विषयगत समितिका सभापतिहरुसँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् । सभामुख घिमिरेले प्रतिनिधिसभाअन्तर्गत रहेका सबै समितिका सभापतिहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफल गरेका हुन् ।

हिजो (शनिबार) सभामुख घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरुसँग छलफल आह्वान गरेका थिए ।

बैठकमा समितिको काम कारबाही र गतिविधिबारे छलफल हुने बताइएको छ । सरकारले माघको तेस्रो साता संसद अधिवेशन बोलाउने तयारी गरेको छ ।
