Skin_Hospital_Dhn

नेविसंघले माइतीघरमा प्रदर्शन गरेर तोड्यो निषेधाज्ञा

काठमाडौंः नेपाल सरकारले माईतीघरलाई निषेधित क्षेत्र बनाएर निषेधाज्ञा जारी गरेको भन्दै आज नेपाल विद्यार्थी संघ, काठमाडौं जिल्ला समितिले प्रदर्शन गरेको छ । आज (आइतवार) नेविसंघ काठमाडौं जिल्ला समितिले माइतीघरको निषेधाज्ञा तोडेको हो । माइतीघर मण्डलमा साढे ११ बजे सुरु भएको प्रदर्शन करिव एक घण्टा चलेको थियो ।

नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्लले संविधान तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको परिधि भित्र रहेर गरिने विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रोक लगाउने गरी कुनै पनि सूचना, विज्ञप्ति तथा गतिविधि नगर्न, नगराउन नेपाल सरकारलाई चेतावनी दिएका छन् । नेविसंघले संविधान तथा कानुनले सुनिश्चित गरेका विशेष प्रकारका अधिकारहरुको उपभोगमा कुनै पनि प्रकारको हस्तक्षेप वा बन्देज स्वीकार्य नहुने जनाएको छ ।

नेविसंघले प्रदर्शनको क्रममा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा र सरकारको कदमको विरोधमा नाराबाजी समेत गरेको थियो । झडपका क्रममा नेविसंघ ललितपुर जिल्ला अध्यक्ष सरोज धोरासैनी, राजेन्द्र चटौत लगायत केही विद्यार्थी नेताहरू घाइते भएका छन् ।

प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यसहितका विद्यार्थी नेताहरू प्रदर्शनमा सहभागी रहेका थिए ।

सम्बन्धित
Loading...