कैलालीमा एक पाटेबाघ मृत अवस्थामा फेला नयाँ सन्देश प्रकाशित मितिः २०८० माघ ७, आईतवार १४:४४ धनगढीः कैलालीमा एक पाटेबाघ मृत अवस्थामा फेला परेको छ । जिल्लाको जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनभित्र बाघ मृत फेला परेको हो । शिकारीले थापेको पासोमा परेर मृत्यु भएको अवस्थामा बाघ फेला परेको हो । स्थानीयले खबर गरेपछि अहिले जिल्ला वन र प्रहरीको टोली घटनास्थल पुगेको बताइएको छ ।