Skin_Hospital_Dhn

आईसीसी यू–१९ विश्वकप: न्युजिल्याण्डविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै

काठमाडौंः आईसीसी यू–१९ विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध टस हारेर फिल्डिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । योसँगै नेपालले पहिला फिल्डिङ गर्ने भएको हो ।

न्युजिल्याण्डविरुद्ध खेल्ने नेपाली टिममा देव खनाल (कप्तान), दिपक बोहोरा, दीपक बोहोरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलसन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, उत्तम थापामगर, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन् ।

यू–१९ विश्वकपमा नेपाल र न्युजिल्याण्ड दुई पटक आमने सामने भएका छन् । दुबै खेल नेपालले जितेको छ ।

सम्बन्धित
Loading...