
धनगढीः धनगढी उपमहानगरपालिकाले चौपाया ट्यगिङ गर्न सुरु गरेको छ।

उपमहानगरपालिकाले पशु चौपाया छाडा छोड्ने कार्य नियन्त्रण गर्न ट्यागिङ गर्न थालेको हो। उपमहानगरपालिकाको पशु सेवा शाखाले आइतबारदेखि ट्यागिङ गर्न थालेको नगरप्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ।

आइतबार फूलबारी क्षेत्रमा गाई, गोरु, बाच्छाबाच्छीहरुलाई ट्यागिङ गरी अभिलेख राखेको छ। आइतबार धनगढी–१८ मा घरघरमा पुगेर १५१ वटा पशु चौपायामा ट्यागिङ गरिएको हो।
