Skin_Hospital_Dhn

आजको मौसमः हिमालमा हिमपात, तराइमा हुस्सु र कुहिरो

काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई क्षेत्रका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हिमपातको सम्भावना छ ।

हुस्सु, कुहिरो तथा हिमपातका कारण तापक्रम घटी चिसो बढ्ने हुँदा यसबाट जोगिने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

साथै तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने हुँदा यातायात सेवामा प्रभाव पर्नसक्ने भएकाले सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।

सम्बन्धित
Loading...