डोटीः डोटीमा एक जना मृत फेला परेका छन् । जिल्लाको बडिकेदार गाउँपालिका–२ का एक युवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
सोहि पालिकाका २२ वर्षीय राजीव मास्कीमगर पातलको भिरबाट करिब ७०० मिटर तल मृत अवस्थामा फेला परेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।