Skin_Hospital_Dhn

सामाजिक अभियन्ता तथा मानव अधिकारकर्मी शाही सम्मानित

कञ्चनपुर: महिला तथा मानव अधिकारकर्मी एवं सामाजिक क्षेत्रमा क्रियाशील महिला उर्मिला शाही सम्मानित भएकी छिन् । हिजो (आइतबार) भिमदत्त नगरपालिका को ४६औँ वर्ष तथा ५औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमका माझ जयपृथ्वी बहादुर सिंह मानव अधिकार पुरस्कारबाट अधिकारकर्मी शाही सम्मानित भएकी हुन् ।

विगत १२ वर्ष देखि साथी संस्थामा कार्यरत अधिकारकर्मी शाहीलाई मानव अधिकारको क्षेत्रमा उल्लेखनीय काम गरेबापत दोसल्ला र प्रमाण पत्रले सम्मानित गरिएको भिमदत्त नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न विधामा उल्लेखनीय काम गर्नेलाई सम्मान गर्ने योजना अनुसार थुप्रै विधा मध्येको एक विधा जयपृथ्वी बहादुर सिंह मानव अधिकार पुरस्कार पनि रहेको र सोही अनुरूप विशेष मूल्याङ्कनका साथ मानव अधिकारकर्मी साहीलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको नगरपालिकाले जनाएको छ ।

अहिले शाही महेन्द्रनगरमा रहेको साथी संस्थाको कञ्चनपुर जिल्ला संयोजकको रूपमा काम गर्दै आईरहेकि छिन् । यसरी आफ्नो कामको उचित मूल्याङ्कन गरी सम्मान हुन पाउँदा खुसी लागेको भन्दै आयोजक भिमदत्त नगरपालिकालाई आभार समेत व्यक्त गरेकी छिन् ।

उनले भनिन् “भिमदत्त नगरपालिकाले मेरो कामको मूल्याङ्कन गरेर सम्मानित गरेकोमा हार्दिक आभार दिन चाहन्छु, आगामी दिनमा समेत थप जिम्मेवार भएर काम गर्दै जाने प्रण समेत गर्दछु ।”

उनले अगाडि भनिन्, “यो पुरस्कार म कार्यरत साथी संस्था प्रति समर्पण गर्दै पुरस्कारले मलाइ हिंसा प्रभावित महिला तथा बालबालिकाहरूको सेवामा थप ऊर्जाशील भएर लाग्न प्रेरणा मिलेको बताए ।”

यसरी लामो समय सामाजिक क्षेत्र देखिन महिला तथा मानव अधिकारको क्षेत्रमा दिन रात लागेर सम्मानित बन्न पाउँदा निकै हर्षित भएको सुनाउँदै सके जति सेवा अनाथ बालबालिका र अन्य क्षेत्रमा समेत आगामी दिनमा काम गर्ने योजना रहेको बताइन् ।

यस्तै, नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न विधामा उल्लेखनीय काम गरेबापत थुप्रैलाई सम्मानित गरेको छ ।

सम्बन्धित
Loading...