
धनगढी । कैलालीमा नयाँ (सिडिओ )प्रमुख जिल्ला अधिकारीका रूपमा युवराज कटेल आउने भएका छन् ।

यो संगै कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापाको नुवाकोट सरुवा भएको हो ।

शुक्रवार उप(प्रधान तथा गृहमन्त्री स्तरको निर्णयअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरूको सरुवा भएको छ ।
सोही अनुरूप जिल्ला प्रशासन कार्यालय धनकुटामा कार्यरत कटेल पनि कैलाली आउने भएका हुन् ।
