
बाजुराः भिरबाट लडेर बाजुरामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका-५ की ६८ वर्षीया राजुदेवी नेपालीको भिरबाट लडेर मृत्यु भएको हो ।

गत शुक्रवार दिउँसो जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर राजुदेवी गम्भिर घाइते भएकी थिइन् । उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा आइतवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घर नजिकै रहेको थानकोट जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर उनी गम्भिर घाइते भएकी थिइन् ।
