
बैतडीः जंगली बँदेलको अक्रमणबाट बैतडीमा दुई जना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका–२ सलेनाका ३२ वर्षीय ओम प्रकाश जोशी र सोही वडा घाङल बस्ने मने दयालकी ९ वर्षीया छोरी करिस्मा दयाल बँदेलको अक्रमणबाट घाइते भएका हुन् ।

हिजो (आइतबार) दिउँसो घरमै बसिरहेका जोशीमाथि बँदेलले आक्रमण गरी घाइते बनाएको हो, भने बालिकालाई पनि आइतबार करिब ५ बजेको समयमा घर नजिकै घाइते बनाएको हो।

बालिकाको टाउकोमा गम्भिर चोट लागेको छ भने जोशीको खुट्टामा गम्भिर चोट छ। घाइते जोशी र दयाललाई सलेना स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डडेल्धुरा अस्पताल रेफर गरिएको छ।
