Skin_Hospital_Dhn

राष्ट्रियसभा निर्वाचनः आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने

काठमाडौंः आज राति १२ बजेदेखि राष्ट्रियसभा निर्वाचनको लागि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै आज मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो ।

यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । राष्ट्रियसभा सदस्यका लागि मतदान यही माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

यही माघ ११ गते ६ बर्से कार्यकाल सकेर रिक्त हुन लागेका १९ जना सदस्यलाइ निर्वाचीत गर्न मतदान हुन लागेको हो ।

२० जनाको कार्यकाल सकिए पनि एक जना भने राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

सम्बन्धित
Loading...