Skin_Hospital_Dhn

प्रहरी खोरमा पुगे नक्कली डाक्टर, गरिसकेका थिए ७ सयजनाको उपचार

काठमाडौंः नेपाल प्रहरीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टरको आरोपमा ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो।

नक्कली प्रमाणपत्रका आधारमा बिरामीको उपचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका भट्टाचार्यले अहिलेसम्म ७ सयजनाको उपचार गरिसकेको खुलेको छ। पक्राउपछि प्रहरी अनुसन्धानको क्रममा उक्त विषय सार्वजनिक भएको हो।

प्रहरीले विराटनगर–२ घर काठमाडौंको बाँसबारी बस्दै आएका भट्टाचार्यलाई पक्राउ गरेर अनुस्न्धान अघि बढाएके छ। सोमबार पक्राउ परेका डाक्टरलाई प्रहरीले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको हो।

उनले धौलाधिरी पोलिक्लिनिक खोलेर बिरामीको उपचार समेत गराउने गरेको पाइएको छ। अहिलेसम्म आफूले ७ सय जना बिरामीको उपचार गरिसेकेको पक्राउ परेका नक्कली डाक्टरले प्रहरीसमक्ष बताएका छन्।

प्रहरी नियन्त्रणमा रहेका भट्टाचार्यले मानिसहरुलाई विश्वास दिलाउन त्रिवि शिक्षण अस्पतालको डाक्टर समेत भएको भन्दै नक्कली परिचयपत्र समेत देखाउने गरेका थिए। अनुसन्धानका क्रममा उनी त्रिवि शिक्षण अस्पतालमा भने कार्यरत नरहेको पाइएको छ।

 

‘विगत ३ वर्षदेखि काठमाडौं उपत्यकाको विभिन्न पोलिक्लिनिकहरुमा आफूले चीनबाट एमबीबीएस गरी टिचिङ अस्पतालमा काम गर्ने भनि बताई विभिन्न व्यक्तिहरुको नेपाल मेडिकल काउन्सिलको नम्बर प्रयोग गरी नेपाल चिकित्सक संघ र त्रिवि शिक्षण अस्पतालको कार्ड समेत नक्कली बनाई देखाई पोलिक्लिनिकहरुलाई भ्रममा पारी बिरामीहरुको ईलाज गरीरहेका छन् भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिइ गएको विशेष प्रहरी टोलीले निज व्यक्तिको नगरानी राखी खोजतलास गर्दै जाँदा माघ ७ गते साँझ ४ बजे नियन्त्रणमा लिइएको हो,’ काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले भने।

उनीबाट नेपाल मेडिकल काउन्सिलको नक्कली रजिष्ट्रर कार्ड, त्रिवि शिक्षण अस्पतालको आईडी कार्ड समेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेका भट्टचार्यले आफूले चीनबाट एमबीबीएस उत्तिर्ण गरेको दाबी गरेका छन्। तर अहिलेसम्म उनले उक्त कुरा पुष्टि हुने कुनै डकुमेन्ट देखाउन सकेका छैनन्।

उनले पछिल्लो महिनादेखि नक्सालमा वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार गराएको बताएका छन्। धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको उपचार गराएको उनले बताएका छन्। उनले आफूलाई इन्डोक्राइनोलोजी कन्सल्टेन्ट बताउँदै आएका थिए। उनीमाथि प्रहरीले इलाजसम्बन्धी र लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउने गरेको छ।

सम्बन्धित
Loading...