

धनगढीः कैलालीमा टिपर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–२ पाण्डेचोकमा ना. ४ ख. १३६५ नम्बरको टिपर अनियन्त्रित भएर आइतबार राति दुर्घटना भएको हो ।
दुर्घटनामा टिपरमा सवार बाँके कोहलपुर नगरपालिका–७ का २४ वर्षीय दिनदयाल थारुको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपर चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
