
काठमाडौंः एलिना चौहान अहिलेकी चर्चित गायिकामध्ये एक हुन्। जादुमयी स्वरकी धनी एलिनाले ‘धोकेबाज गायिका’ को उपमा पाएसँगै उनी चर्चित बनिन्।
तिनै चर्चित गायिका एलिनाले प्रेममा धोका पाएको खबर बाहिरिएको छ। प्रेम सम्बन्धमा रहेको चर्चा सेलाउन नपाउँदै उनको ब्रेकअपको खबर बाहिरिएको हो।

अष्ट्रेलियामा बस्ने विष्णु सापकोटासँग प्रेममा रहेकी उनको ब्रेकअप भएको हो। गायिका एलिनाले विष्णुसँगको प्रेममा ब्रेकअप भएको पुष्टि गरेकी छन्।

‘विष्णुसँग मेरो केही अगाडि नै ब्रेकअफ भएको हो’, एलिनाले भनिन् ‘यो विषय बाहिर आएको थिएन।’ आफूले विष्णुलाई भुलेर अगाडि बढिसकेको समेत उनको भनाइ छ। ‘ब्रेकअपपछि म केही समय तनावमा थिएँ। त्यसबाट पनि अहिले राहत पाइसकेकी छु’, उनले भनिन्, ‘अब म त्यो प्रेम सम्झन चाहन्नँ।’
करिब एक वर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिनाले विष्णुलाई भेटेकी थिइन्। त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो। दुवैले प्रेम खुलारुपमा स्वीकार गर्दै विभिन्न भिडिओसमेत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
एलिना र विष्णुको विवाहको कुरोसमेत बाहिर आइसकेको अवस्थामा एकाएक ब्रेकअपको भएको हो। एलिनाले विष्णुसँग विवाहको योजनासमेत बुनिरहेकी थिइन्। यही वर्षको मंसिर विवाह हुन सक्ने उनी आफ्ना साथीहरूलाई बताउने गर्थिन्। तर, अहिले उनको प्रेम टुटेको हो।
‘धोकेबाज हौँ तिमी’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पुर्याएको छ। यही गीतका कारण देश तथा विदेशका स्टेज शोहरूमा उनको चर्को माग छ। एकसमय ‘धोकेबाज हौँ तिमी’ बोलको गीत टिकटकमा निकै भाइरल बनेको थियो। नेपाली मात्रै होइन, विदेशी टिकटक प्रयोगकर्तालेसमेत उक्त गीतमा भिडिओ बनाएर लाखौँ भ्यूज कमाएका थिए।
