Skin_Hospital_Dhn

अछाममा बँदेलले नुहाइरहेकी महिलालाई आक्रमण गरी गम्भीर घाइते बनायो

अछामः बँदेलको आक्रमणबाट अछाममा एक महिला गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा मंगलसेन नगरपालिका–६ की २४ वर्षीया आरती भण्डारी रहेको अछाम प्रहरीले जनाएको छ।

मंगलसेन–६ ठूलासैनको चिउरी खोलामा नुहाउँदै गरेकी भण्डारीलाई बँदेलले आक्रमण गरेको थियो। उनको अनुहारमा चोट लागेको छ। उनलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...