
धनगढी ।
मुलुकमा हाल पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू—भागमा सामान्य बदलीस मधेश प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू—भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागहरूका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू—भागमा आंशिक बदली रही देशका बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागहरूका एक—दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र तराईका धेरै भू—भागहरूमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
