
धनगढीः धनगढी उपमहानगरपालिका स्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय मनेहराले जितेको छ। प्रतियोगितामा १२ स्वर्णसहित १२ रजत र ८ कास्य गरी ५७ पदक जित्दै सरस्वती माविले उपाधि हात पारेको हो।

प्रतियोगितामा त्रिनगर माध्यमि विद्यालय दोस्रो र एक्सिस विद्याश्रम हसनपुर तेस्रो स्थान हासिल गरेका छन्। त्रिनगरले ८ स्वर्ण, ५ रजत र ८ कास्य गरी २१ पदक जितेको छ।

एक्सिस विद्याश्रमले ८ स्वर्ण, २ रजत ३ कास्य गरी १३ पदक जितेर तेस्रो स्थान हासिल गरेको हो। प्रतियोगिताको समापन कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानाले सरस्वती माविलाई शिल्ड हस्तान्तरण गरिन्।
उनले विद्यालय स्तरबाटै हुने प्रतियोगिताले खेल क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। खेलकुदको विकासका लागि उपमहानगरपालिकाले महत्त्वपूर्ण भूमिका खेलेको उपप्रमुख रानाको भनाइ थियो।
नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २५ सामुदायिक र १२ संस्थागत गरी कूल ३७ विद्यालयले सहभागिता जनाएका थिए।
