Skin_Hospital_Dhn

कांग्रेस नेतृ द्रौपदा पोखरेलको निधन

काठमाडौं: नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको निधन भएको छ। एक सय दुई वर्षीया पोखरेलको आज बिहान ४ बजे काठमाडौंको सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो।

२००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनामा उनको योगदान थियो। उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन्।

उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोख्रेलले जानकारी दिए। द्रौपदा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत भएकी थिइन्। उनी गोवर्द्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक पनि हुन्। उनी स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलकी पत्नी हुन्।

उनी संविधानसभा सदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, योजना आयोगको पूर्वउपाध्यक्ष डाक्टर जगदीशचन्द्र पोखरेलकी आमा हुन्।

सम्बन्धित
Loading...