
काठमाडौंः नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको १३९० रुपैयाँमा कारोबार भएको थियो ।
